२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लागत ६ अर्ब ९८ करोड १६ लाख

यस्तो बन्दैछ चाँदनी दोधारा बन्दरगाह

यस्तो बन्दैछ चाँदनी दोधारा बन्दरगाह

665
Shares

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने आशा गरिएको दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको छ । तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको परियोजनाको पहिलो फेजको लागत ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ बराबर हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । सुदुरपश्चिम प्रदेशको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह तथा एकिकृत जाँच चौकीको गुरुयोजना सकिएको छ।
आगामी आर्थिक वर्ष ०७८ ०७९ देखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरण प्रभाव मूल्यांकन (इआइए) को काम सुरु गरिने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।
डिपिआर तथा इआइएको काम आउँदो आर्थिक वर्ष भित्रै सकिने गरी योजना बनाइएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। बन्दरगाह तीन वर्ष १० महिना भित्रमा तयार गरिसक्ने समितिको भनाइ छ।
दुई सय ८७ बिघा जमिनमा रहने बन्दरगाह निर्माणका लागि पहिलो चरणमा करिब ७ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । यो रेलवे निर्माण बाहेकको लागत हो।


इन्जिनियर कमलप्रसाद जोशीका अनुसार कन्चनपुरको महाकारी पारि दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहमा आयात, निर्यात तथा अध्यागमनका लागि छुट्टाछुट्टै ३ वटा गेट रहने छन्।
बन्दरगाहमा ४ सयदेखि ५ सयसम्म ट्रक पार्किङको सुविधा रहनेछ। कालान्तरमा तीन हजार ट्रक पार्किङ गर्न मिल्ने व्यवस्था गरिने लक्ष्य रहेको इन्जिनियर जोशिले बताए।
बन्दरगाह भित्र एडमिन ब्लक, कस्टम, इमिग्रेशन तथा सेक्युरिटी, वेट ब्रिज, बैंक कस्टम, ल्याब, किचेन सिड, वायरहाउस, ट्रक पार्किङ, एडिस्नल पार्किङ, मेकानिकल सिड, वाटर ट्यांक एरिया, डिस्पोजल एरिया, क्यान्टिन ब्लक, प्रहरी फोर्स, वर्कसप, स्टाफ क्वार्टर, क्वारेन्टाइन ब्लक, रेलवे प्लाटफम, रेलवे वायरहाउस, कन्टेनर यार्ड, डर्टि कार्गो रहने छन्।
बन्दरगाहमा रेलमार्ग भने दोस्रो चरणमा तयार गरिने इन्जिनियर जोशिले जानकारी दिए।
बन्दरगाह सरकारले आफ्नै लगानीमा तयार गर्न लागेको हो। यो बन्दरगाह निर्माणपछि अन्तर्राष्ट्रिय व्यापारमा सुदुरपश्चिम प्रदेशलाई निकै सहज पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij