२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गर्‍यो १३ बुँदे सूचना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गर्‍यो १३ बुँदे सूचना

1.3K
Shares

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ। सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले १३ बुँदामा सूचना जारी गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।सोही पत्र अनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ।

प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij