२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण

एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण

1.5K
Shares

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij