२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी प्रदेशका दुई मन्त्रीको राजीनामा

लुम्बिनी प्रदेशका दुई मन्त्रीको राजीनामा

815
Shares

काठमाडौं – लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नको लागि प्रदेशसभा सदस्यहरु प्रदेशसभामा जाँदै गर्दा माओवादीका मन्त्रीहरु भने राजीनामा बुझाउन लागि मुख्यमन्त्रीको कार्यलयमा पुगेका थिए ।

दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बनेका थिए । केसीलाई माओवादी र नेपाली काँग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij