तपाई चियाको पारखी हुनुहुन्छ ?? यदि हुनुहुन्छ भने काठमाडौंको धुम्बाराही पीपलबोट नजिकै ‘चियावाली’ खुलेको छ । कप अफ टी हाउसले चियावाली ब्रान्डको चिया पसल सञ्चालनमा ल्याएको हो ।
विगत एक दशकदेखी चिया क्षेत्रमा कार्यरत ज्योती दाहालले आफ्नै लगानीमा ‘चियावाली’ सञ्चालनमा ल्याएकी हुन । उनी आफै चियाको पारखी हुन त्यसैले उनले आफु जस्तै पारखीको लागि ‘चियावाली’ ल्याएको बताउँछिन् ।


चियाको लागि प्रसिद्ध ठाउँ इलाममा जन्मिएकी दाहाल सानैदेखी चियाको बारेमा ज्ञान आर्जन गरेकी छिन् । उनलाई त्यहि चियाको माहोलले आज व्यवसायीक जीवनमा नयाँ उचाई दिएको छ । उनको कम्पनि कप अफ टी हाउसले नेपालको चिया विदेशमा निर्यात गर्दै आएको । चीन, जापान लगायतका देशहरुमा चिया निर्यात गर्दै आएकी दाहाल हाल निर्यातसगैं ‘चियावाली’ सञ्चालन गर्दै आएकी हुन । यहाँ चियाका विभिन्न प्रकारको स्वाद लिन पाइन्छ । यहाँ खान मात्र होइन आफुलाई मन परेको चिया किनेर घरमा लान पनि पाइन्छ ।

प्रायः नेपालीहरुले चियाका प्रकार सामान्यतया दुध हालेको र कालो चियाको रुपमा बुझ्दछन् । तर त्यही चियाका सयौं प्रकारको हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा हुन सक्छ । नेपालमा पछील्लो समय चियाका पारखीहरु बढ्न थालेका छन् । चिया केवल स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको पछिल्ला अनुसन्धानहरुबाट खुल्न थालेको छ ।


यहाँ थरीथरीका चियाक स्वाद लिन सकिन्छ । ईलामबाट ओर्जीनल चिया ल्याएर देश बिदेशका चियाका पारखीहरुलाई खुशी बनाउन निरन्तर मेहनत गरीरहेकी छिन् ज्योती दाहाल ।

चियावालीमा आरकेज भेकल र ज्योति दाहालको संयुक्त लगानी रहेको छ । आरकेज भेकलले भाडामा गाडी तथा कारहरु उपलब्ध गराउँदै आएको छ । सरकारले सहजीकरण गरेको खण्डमा विदेश निर्यातमा अझ सहज हुने उनको अपेच्क्षा छ । उनको पसलमा एक चोटी ग्राहक आएपछि नियमति ग्राहक हुने गरेको दाहाल बताउँछिन् । स्थापनाको छोटो समयमा नै ‘चियावाली’ले ग्राहकको मन जित्न सफल भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij