२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थापा पुनः गृहमन्त्री बन्दै

थापा पुनः गृहमन्त्री बन्दै

1K
Shares

काठमाडौं– राष्ट्रिय सभा सदस्य पद खारेज भएपछि गृहमन्त्री रामबहादुर थापाले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।
राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए। त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।
बादलको आज साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ लिने भएका हुन्। सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्न लागेका हुन्।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij