२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साख: ग्रुपका अध्यक्ष गणेशभक्त साख:को निधन

साख: ग्रुपका अध्यक्ष गणेशभक्त साख:को निधन

1.2K
Shares

काठमाडौं- साख: ग्रुपका अध्यक्ष उद्योगी गणेशभक्त साख:को ९१ वर्षको उमेरमा निधन भएको छ। भक्तपुर पुर्ख्यौली भएका साख: बुढ्यौलीमा समेत उद्योग व्यवसायमा सक्रिय थिए।
गणेशका पाँच छोरामध्ये एक जनाको निधन भइसकेको छ। उनका छोराहरु किरणप्रकाश, तेज प्रकाश, विश्वप्रकाश र ज्योतिप्रकाश छन्। श्रीमति जनकलक्ष्मी र साहिँलो छोरा प्रभातको निधन भइसकेको छ। उनले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेर त्यस क्षेत्रको उद्योग व्यापार बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

यो समूहको भक्तपुरमा नेपाल पेन्टस र साख: मेटल एण्ड एलाइड इन्डस्ट्रिज छ। उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका साख: सामाजिक क्षेत्रमा पनि क्रियाशील थिए। उनलाई २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij