२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

“एनआईबिएल समृद्धि फण्ड-२” सञ्चालन गर्न धितोपत्र बोर्डबाट अनुमति

“एनआईबिएल समृद्धि फण्ड-२” सञ्चालन गर्न धितोपत्र बोर्डबाट अनुमति

780
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैँकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले “एनआईबिएलसमृद्धि फण्ड (२” नामको बन्दमुखी योजना संचालन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्रबोर्डबाट पाएको सो बन्दमुखी योजना सञ्चालन गर्न अनुमति पाएको हो ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँको रहेको यो “एनआईबिएलसमृद्धि फण्ड-२” १० वर्षको अवधिसम्म रहने जनाएको छ । प्रतिइकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये बीज पूँजीबापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशतअर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखिबाँकीन्यूनतम ९ करोड ६० लाखइकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलितनियमकानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ ।

साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृतभई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमाखरिद बिक्रीगर्न सकिने छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पूँजीबजारमा सामूहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु संचालन गर्ने उदेश्यले आफु कोष प्रबद्र्धक रहि साथै बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएलम्युचुअल फण्ड”नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ ।

“एनआईबिएलम्युचुअल फण्ड”को पहिलो योजना“एनआईबिएलसमृद्धि फण्ड -१” सफलतापूर्वक संचालनगर्दै यस योजनाका इकाई धनीहरुलाई हाल सम्मकुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij