२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा

670
Shares

काठमाडौं– सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुर जिल्लाको लालपत्तामा सुरु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–०६ लालपत्तामा १०९ औँ शाखारहित बैंकिङ सेवा सुरु भएको हो।

उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। जसबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा दिने लक्ष्य राखेको छ।

यो बैंकको १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०९ वटा शाखा रहित बैंकिङ इकाइ छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij