२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेलायतमा थप ३० जना कोरोना संक्रमितको मृत्यु

बेलायतमा थप ३० जना कोरोना संक्रमितको मृत्यु

655
Shares

बेलायत- बेलायतमा बितेको २४ घन्टामा दुई हजार छ सय ७२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८० हजार ९७६ पुगेको छ । इंग्ल्याण्डमा तीन महिना भन्दा लामो लकडाउन गत सोमबारबाट खुल्ला गरिएको छ ।

लकडाउनका कारण संक्रमण दरमा कमि आएको र लकडाउनपछि पुनः संक्रमण बढ्न सक्ने धेरैको अनुमान छ । बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ४० हजार ४४७ छ भने ४१ लाख १३ हजार ३३८ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार १९१ पुगेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारतपछि बेलायत पाँचौं स्थानमा छ । अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । बिहीबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३५१ छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २०१ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार ३९३ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij