२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकार ढल्ने भएपछि गण्डकीको चालु अधिवेशन अन्त्य

सरकार ढल्ने भएपछि गण्डकीको चालु अधिवेशन अन्त्य

855
Shares

पोखरा – गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो । ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij