२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट २०७८ साल सुरु

आजबाट २०७८ साल सुरु

825
Shares

काठमाडौं – आजबाट औपचारिकरुपमा नयाँ वर्ष सुरु भएको छ । विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

विशेषगरी गत वर्ष गरेका कामको सफलता असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।
नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् ।

सरकारले यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबै नेपालीमा लाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij