२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनउत्थान सामुदायिक लघुवित्त ११ औं वर्षमा प्रवेश

जनउत्थान सामुदायिक लघुवित्त ११ औं वर्षमा प्रवेश

930
Shares

काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ११ औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा उत्कृष्ट बैंकिङ्ग समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले ११ औं वर्ष सम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न र संस्थाको सेवालाई प्रभावकारी बनाउन, गरिबी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवन स्तर उकास्न संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

११ औं वार्षिकोत्सवको अवसरमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता भएका जेहन्दार तथा गरिब बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, अनाथ तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, लागुऔषधी सम्बन्धि सचेतना मूलक कार्यक्रम, सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम जस्ता थुप्रै कार्यक्रमहरु गरेकाे छ ।

संस्थाले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्लाहरु र थप ९ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिब ४४ हजार ७ सय समुह सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij