काठमाडाैं – आरएमडीसी लघुवित्त वित्तीयकाे कोहलपुरको आयोजनामा ‘जोखिम व्यवस्थापन तालिम’ चैत्र २६–२७ मा नेपालगञ्जको होटल सिद्धार्थ भ्यूमा सम्पन्न भएको छ ।
तालिममा आरएमडीसीको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये १२ जिल्लामा रहेका ३४ वटा साझेदार संस्थाहरुका अध्यक्ष, व्यवस्थापक तथा सहायक व्यवस्थापक स्तर ३४ जना सहभागीहरुले भाग लिएका थिए । उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसी लघुवित्त वित्तीयका का.मू.नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा रहेका थिए ।
२ दिने तालिमको क्रममा थापाले जोखिमको बारेमा सैद्धान्तिक पक्षको साथै वित्तीय संस्थाहरुमा देखा पर्ने विभिन्न जोखिमहरु, सोको पहिचान, सोको न्यूनिकरण गर्ने उपायहरु, कर्जाका जोखिमको सुचकहरु, खराब कर्जाको प्रभाव, कर्जा जोखिम व्यवस्थापन, सहकारीहरुमा हुने विभिन्न किसिमका जालसाझीहरु, जालसाझी न्यूनिकरण गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij