२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंकको क्यूआर कोड सेवा धनगढीकाे विद्युतिय रिक्सामा

मेगा बैंकको क्यूआर कोड सेवा धनगढीकाे विद्युतिय रिक्सामा

865
Shares

काठमाडाैं – मेगा बैैंक नेपालकाे क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुले पाएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएकाे हाे ।

नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमकाबीच रिक्सा चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन ।

क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित बैंकिङ्ग सेवा संचालन गर्दै आएको मेगा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई डिजिटल माध्यमबाट पूर्णरुपमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले टीक बैंकिङ्ग, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट–पे, च्याट बड जस्ता प्रविधिमा आधारित सेवालाई महत्वका संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij