प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पन्न २०७ औं बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए । बैंक तथा वित्तीय संस्थामा काम गरेको उनीसँग करिब साढे दुई दशकको अनुभव छ । नेपाल राष्ट्र बैंकमा लामो समयसम्म काम गरेका उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । त्यसपछि उनी कृषि विकास बैंकको सीइओको रुपमा काम गरेका थिए ।
उनीले पूर्वाञ्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा पनि काम गरेका छन् । यस्तै, सिटौलासँग बीमा संस्थान रनेपाल स्टक एक्सचेन्जमा सञ्चालक, कर्जा सूचना केन्द्रको अध्यक्ष र नेपाल बैकर्स संघको कार्यसमिति सदस्य भएर काम गरको अनुभव पनि छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij