२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको डिबेन्चर निष्काशन गर्ने

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको डिबेन्चर निष्काशन गर्ने

715
Shares

काठमाडौं -मुक्तिनाथ विकास बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गर्ने भएको छ।

जसका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन् ।

एक अर्ब २५ करोड रुपैयाँको ऋणपत्रको ६० प्रतिशत (अर्थात ७५ करोड) व्यक्तिगत तवरमार्फत् र ४० प्रतिशत (५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिने बैंकले जनाएको छ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन बैंकले आग्रह गरेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरि मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माहुने आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij