२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त

कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त

1.5K
Shares

काठमाडौं – कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त भएका छन् । मैनाली नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन ।

मैनालीलाई बैंकको चैत २२ गतेको सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । मैनाली अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन् । चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरिय बैठकले मैनालीलाई बैंकको सञ्चालकका लागि मनोनय गरेको बैंकले नेप्सेमा जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij