काठमाडौं – ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा सोमबार देखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २५७ पुगेको बैंकले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ।
बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण के।सीले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए।
शाखारहित बैंकिङ सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिनसक्ने विश्वास बैंकले लिएको छ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नोखातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमइ, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ।
ग्लोबल आइएमई बैंकले ७ वटै प्रदेशमा २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij