काठमाडौं – जिल्ला सहकारी संघ काठमाडौंले ६४ औं राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । संघले ११ दिवसीय कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी संघ संस्था तथा सदस्यलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । संघले चैत्र १७ गते देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने जनाएको छ ।
चैत्र १७ गते गौरीशंकर सभा कक्ष दक्षिणकालीमा बिहान १० बजे अन्तक्र्रिया गर्ने, ग्रीन ल्याण्ड ब्याङ्केट थानकोटमा ११ बजे ‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ सम्वन्धि गोष्ठी तथा शिखर पार्टी प्यालेस नागार्जुन नगरपालिकमा १ बजे ‘स्थानीय सरकार र सहकारी बीचको सम्वन्ध’ विषयक गोष्ठी गर्ने भएको छ ।
त्यसैगरी चैत्र १८ गते मातातीर्थ वृद्धाश्रममा साढे ४ बजे भोजन तथा फलफूल वितरण, कागेश्वरी मनोहरा नगरपालिका विषेश स्कूल तथा पुनःस्थापना केन्द्रमा बिहान ११ बजे अटिजम तथा सुस्त मनस्थितिका बालबालिकालाई शैक्षिक सामाग्री बितरण, कीर्तिपुर बहुउद्धेश्यीय सहकारीको भवनमा दिउँसो ३ बजे ‘सामाजिक र आर्थिक विकासमा सहकारीको भूमिका’ विषयक गोष्ठी, कान्तिपुरी एबि पार्टी प्यालेस नेपाल टारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुने जनाइएको छ ।
यस्तै चैत्र १९ गते गोकर्णेश्वर नगरपालिका उत्तर बाहिनी गुरुकुल संस्कृत विद्यालयमा बिहान ९ बजे ६५ जनालाई खाद्यान्न वितरण गरिने जनाइएको छ । त्यसैगरी चैत्र २० गते सद्भाव बैंङ्केट टोखामा बिहान साढे ८ बजे शुभकामना आदान प्रदान तथा चियापान, बिहान ७ बजे बुढानिलकण्ठ मन्दिर परिसर सरसफाई, क्राउन बैंङ्केट मिनभवनमा दिउँसो १ बज े‘रुपान्तरणकारी नेतृत्व’ कार्यक्रम हुने जिल्ला सहकारी संघ काठमाडौैका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।
चैत्र २० गते विशालबजार बैंङकेटमा दिउँसो १ बजे ‘सहकारीमा समस्या र चुनौती’ विषयक अन्तक्र्रिया हुने र चैत्र २८ गते बिहान १० बजे दशरथ रङ्गशालामा कोभिड कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिने अध्यक्ष तामाङले जानकारी दिए । उक्त कार्यक्रम काठमाडौं जिल्ला सहकारी संघकै संयोजनमा हुने उनले बताए ।
नेपालमा सहकारी अभियानको सुरुवात भएको दिनको सम्झना गर्दै सहकारी दिवस मनाउने गरिएको हो । २०१३ साल चैत्र २० गते चितवनमा पहिलो सहकारी बखान सहकारीको स्थापनालाई अधार मानेर प्रत्यक वर्ष सहकारी दिवस मनाउने गरिएको हो । नेपालले यो वर्षको सहकारी दिवसको मुख्य नारा‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’तय गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij