२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सबैको लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न

सबैको लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न

790
Shares

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शनिबार तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ५ स्थित मस्र्याङ्दी रिभर भ्यू रिसोर्टमा सम्पन्न भएको हो । साधारणसभाले १०.५५ प्रतिशत बोनस शेयर र ०.५५ कर प्रयोजनका लागि नगद लाभांश समेत पारित गरेको छ।

वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष सृजना जोशीको सभाध्यक्षतामा सम्पन्न सो साधारण सभामा अध्यक्ष जोशीले आव२०७६।७७ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । यसै गरी लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम एनके जोशी एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

यस वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७६।७७ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको मिति २०७७ आषाढ मसान्तको चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजारको ०.५५ प्रतिशतले हुन आउने १० लाख ३० हजार ३८१ रुपैयाँ ५८ पैसा नगद लाभांश (बोनश शेयरमा लाग्ने कर वापतको रकम) पारित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

त्यसैगरी विशेष प्रस्ताव तर्फ वित्तीय संस्थाको अधिकृत पूँजी २० करोडबाट वृद्धि गरी ५० करोड र जारी तथा चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार २५० पुर्याउने, वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएको छ ।

त्यस्तै, आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने, वित्तीय संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरको छ ।

लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जर वा एक्विजिशन गर्ने वा शाखा खरिद गर्न आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालन समिति वा समितिले तोकको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij