२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

महासंघको अध्‍यक्षमा पाँच जनाको उम्‍मेदवारी दर्ता, वरिष्ठ उपाध्‍यक्षमा रमेश विष्टको उम्‍मेदवारी

महासंघको अध्‍यक्षमा पाँच जनाको उम्‍मेदवारी दर्ता, वरिष्ठ उपाध्‍यक्षमा रमेश विष्टको उम्‍मेदवारी

2.2K
Shares

काठमाडौं – नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षमा विपुल पोखरेल, निर्मला शर्माले आफ्नो उम्‍मेदवारी दर्ता गराएकी छन् । यस्तै रामप्रसाद दाहाल, गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि महासंघको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यस्तै महासंघको वरिष्ठ उपाध्‍यक्षमा रमेश विष्ट, ध्रव लम्साल, माधव नेपाल  र रामजी दाहालले उम्‍मेदवारी दिएका छन् भने महिला उपाध्‍यक्षमा दाना सुवेदी, बाला अधिकारीले उम्‍मेदवारी दिएकी छिन् । यस्तै समावेशी उपाध्‍यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेवतबहादुर विश्‍वकर्मा र शीतल प्रसाद महतोले उम्मेदवारी दिएका छन् ।

यस्तै महासंंघको केन्द्रीय महासचिवमा बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतमले उम्‍मेदवारी दिएका छन् भने खुल्ला सचिवमा कमल पन्त, गोविन्दप्रसाद चौलागाई, जन्मदेव जैसी, नकुल अर्याल, यमप्रसाद शर्मा(एम विरही) र रामकृष्ण ज्ञवालीले उम्‍मेदवारी दिएका छन् । यस्तै महासंघको महिलातर्फको सचिवमा निमा काफ्ले, सृजना अर्यालले उम्‍मेदवारी दिएका छन् ।

यस्तै आदिवासी जनजाति तर्फको सचिवमा रामकुमार श्रेष्ठ, शाहीमान राईले उम्‍मेदवारी दिएका छन् भने मधेशी सचिवमा दीपेन्द्र चौहान, देव कुमार यादव,प्रवीण कुमार चौधरी र स्वेता सिन्हाले उम्‍मेदवारी दिएका छन् ।

यस्तै महासंघको दलिततर्फको सचिवमा गणेशकुमार विक, गोपाल बराइली,. मधु शाही, मान सिंह वि.क. र हेमकर्ण विकले उम्मेदवारी दिएका छन् भने एशोसिएट तर्फको सचिवमा केपी ढुंगाना, केशवराज खनाल, पवन आचार्य, विनय देवकोटा, राधेश्‍याम दाहाल र रामेश्वर कार्की रहेका छन् ।

यस्तै महासंघको केन्द्रीय कोषाध्‍यक्षमा कृष्ण गिरी, दिलिप पौडेल, प्रकाश थापा, माधव दुलाल र मिनबहादुर बमले उम्‍मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij