२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चैत २० गतेदेखि रुरु जलविद्युतको आईपीओ आउने

चैत २० गतेदेखि रुरु जलविद्युतको आईपीओ आउने

2.2K
Shares

काठमाडौं–रुरु जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीआ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गर्न लागेको हो ।

कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि खुला हुनेछ ।

इच्छुक लगानीकर्ताले आईपीओमा चैत २४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । आईपीओमा मेरो शेयरको मोबाइल एप र वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट भर्न सकिन्छ ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि इक्रा नेपालबाट रेडिट रेटिङ्ग गराएको छ । इक्रा नेपालले उक्त आईपीओलाई ‘इक्रा एनपी आइआर ट्रिपल बी’ रेटिङ्ग दिएको छ । यो रेटिङ्ग प्राप्त कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ बिक्री पछि कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

यसअघि कम्पनीले पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको कुल ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बाँडफाँड गरिसकेको छ ।

रुरु जलविद्युत परियोजनाले गुल्मीको माथिल्लो हुग्दी खोलाबाट २०७१ चैतदेखि ५ मेगावाट क्षमताको आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij