२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चैत्र १४ गतेबाट सिटिजन्स बैंकले एकीकृत कारोबार थाल्ने

चैत्र १४ गतेबाट सिटिजन्स बैंकले एकीकृत कारोबार थाल्ने

505
Shares

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चैत्र १४ गतेदेखि तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
राष्ट्र बैंकबाट चैत्र ९ गते प्राप्ति सम्बन्धी अन्तिम स्वीकृति दिएपछि सिटिजन्स बैंकले एकीकृतथ कारोबारको मिति तोकेको हो ।

सिटिजन्स बैंकले १००ः९६ शेयर अनुपातको शेयर स्वाप रेसियोमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार थाल्न लागेको हो । यसअनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् ।

एकीकृत कारोबारपछि सिटिजन्स बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ कायम हुनेछ । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको निक्षेप करिव १ खर्ब २४ अर्ब तथा ऋण लगानी करिव १ खर्ब ०२ अर्ब माथि रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ ।

एकीकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नुपर्ने भएकोले चैत्र १३ गते शुक्रबार ३ बजेदेखि चैत्र १४ गते शनिबारसम्म दुवै संस्थाले प्रदान गर्दै आएका बैंकिङ्ग, एटीएम, डेविट।क्रेडि कार्ड, मोबाइल, अनलाई बैंकिङ्ग, होलिडे तथा सन्भ्याकालीन काउन्टरहरु समेत बन्द रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij