२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आइएमई मोटर्सद्वारा उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण

आइएमई मोटर्सद्वारा उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण

1.2K
Shares

काठमाडौं– आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । उर्लाबारीमा एक कार्यक्रम गरी नगरपालिकालाई दमकल हस्तान्तरण गरेको हो । कम्पनीले बताएअनुसार यो दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका पत्रकारहरुको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीद्वारा दमकल हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख फागोलेसुबिधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए ।
साथै, आगलागिका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij