२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर चयन

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर चयन

850
Shares

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन्। कम्पनीको १६९ औं संञ्चालक समितिको बैठकबाट मानन्धरलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो।

डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग एक औपचारिक कार्यक्रममार्फत मानन्धरले अध्यक्ष पदको सपथ ग्रहण गरेका छन्।
तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात मानन्धरले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन्।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक- एक जना प्रतिनिधि रहन्छन्।

एनसिएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।
डिजिटल भुक्तानीका लागि कम्पनीको एनसिएचएल इसीसी, इनसिएचएल आइपिएस, कनेक्ट आइपिएस, कनेक्ट आरटिजिएस र कर्पोरेट पे प्रणाली संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij