२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा रुपन्देहिको योगिकुटी हाटबजारमा

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा रुपन्देहिको योगिकुटी हाटबजारमा

1.3K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले रुपन्देहिको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्युआर कोड सेवा शुुरु गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले उक्त स्थानमा क्युआर कोड सेवाको शुरु गरेका हुन् ।

क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ता कपडाहरुको रकम क्युआर कोड बाट भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij