२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अझै साइबर स्यालहरू ज्युँदै रहेछन्, गलत सूचना सम्प्रेषण गरे– नेपाल

अझै साइबर स्यालहरू ज्युँदै रहेछन्, गलत सूचना सम्प्रेषण गरे– नेपाल

1.2K
Shares

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फेक’ सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन्।
‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए। म आफैँ पनि हेरेँ के पो आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ।’
उनले अहिले पनि साइबर स्यालहरू ज्युँदै रहेको बताए। ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन्। यो साइबर स्यालहरू अझै पनि बाँचिरहेका रहेछन्। नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन्। साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन्।’
उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरे। पार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरू रहेकोले यो पदको लडाइँ नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij