२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल लिकर्सको नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा

नेपाल लिकर्सको नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा

1.3K
Shares

काठमाडौं– नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित यही साताबाट बजारमा उपलब्ध भएको हो । यही साता एक कार्यक्रमका बीच सो ब्राण्डलाई सार्वजनिक गरिएको हो ।

७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ । यी ब्राण्डहरु क्रमस ९ सय २०, ४ सय ६० र २ सय ६० रुपैया बजार मुल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ । नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तराष्टीय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवल्स नम्बर वान लग्जरीलाई बजारमा ल्याइएको बताए ।

विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रीबन्ड जीन जस्ता ब्राण्डहरु उपभोक्ता माझ लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij