२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल बैंकले नागरिक लगानी कोषको ७० करोड बढीको संस्थापक शेयर बिक्री गर्दै

नेपाल बैंकले नागरिक लगानी कोषको ७० करोड बढीको संस्थापक शेयर बिक्री गर्दै

1.3K
Shares

काठमाडौं– नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गरेर कम्तिमा ७० करोड ४४ लाख रुपैयाँ आर्जन गर्ने भएको छ ।

बैंकले कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।उक्त शेयर चैत ३ गतेदेखि १७ गतेसम्म बिक्रीमा आउनेछन् । शेयर खरिद गर्न इच्छुक योग्य संस्थापक शेयरधनीहरु, कम्पनी जोसुकै व्यक्ति तथा संघ संस्था, चैत १७ गतेसम्म बोलपत्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५०२ रुपैयाँ ५० पैसा तोकेको छ । शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतमको सीमा तोकिएको छैन् ।

उक्त शेयर बिक्री गरेर नेपाल बैंकले कम्तिमा ७० करोड ४४ लाख १४ हजार ७० रुपैयाँ आम्दानी गर्नेछ । कम्पनीका अनुसार बोलपत्र आवेदन फारम एनआइबिल एस क्यापिटलमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij