२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

865
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ८५ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । मंगलबार सुनको मूल्य तोलामा ६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १२५५ मा कारोबार भएकोमा आज बढेर १२७० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij