२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

1.4K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गरेको हो।

हाल नीलम ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभाग र बमबहादुर मिश्र विदेशी विनियम विभागका प्रमुख कार्यकारी निर्देशक हुन् । यसअघिका डेप्युटि गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको अवकास भएसँगै मन्त्रीपरिषद्ले उनीहरुलाइ डेपुटी गभर्नरमा नियुक्त गरेको हो। राष्ट्र बैंककी कार्यकारी निर्देशक नीलम ढुंगानालाई नियुक्त गरेसँगै राष्ट्र बैंकले पहिलो महिला डेपुटी गभर्नर पाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij