काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई नेपाल धितापत्र बोर्डले हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीले फागुन २५ गते मंगलबार हकप्रद निष्काशन गर्न अनुमति दिएको हो।
बोर्डलाई हाल कामय चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५७ करोड २३ लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij