२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मिथिला लघुवित्तको लाभांश घोषणा

मिथिला लघुवित्तको लाभांश घोषणा

555
Shares

काठमाडौं– मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको फागुन २३ गते आइतबार सम्पन्न २०६ औं बैठकले १२.६३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश अघिल्लो आव २०७५/७६ को तुलनामा ३.१५ प्रतिशत कम हो । आव २०७५/७६ को नाफाबाट लघुवित्तले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसअनुसार लघुवित्तले आर्थिक वर्ष २०७६/७७ बाट चुक्ता पूँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँको १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९०१ रुपैयाँ बराबरको बोनस लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij