२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुन र चाँदी दुबैको भाउ बढ्यो

सुन र चाँदी दुबैको भाउ बढ्यो

900
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० ले वृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदी मूल्य पनि वृद्धि भएको छ । आइतबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij