काठमाडाैं – मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होटल सबरीना विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी होटल सबरीना सम्झौता गरेको हाे ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेका छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि बैंकले गरेकाे छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij