२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिबिफिनको अध्यक्षमा गोल्यानसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन

सिबिफिनको अध्यक्षमा गोल्यानसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन

1.3K
Shares

काठमाडौं – बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) को प्रथम वार्षिक साधारण सभाले १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । फागुन २२ गते सम्पन्न भएको प्रथम वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । उक्त निर्वाचन कार्यक्रम अधिवक्ता बालकृष्ण ढकालको संयोजनमा सम्पन्न भएको थियो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र विकास बैंकहरुको तर्फबाट उपाध्यक्षमा राजेश उपाध्यायलाई चयन गरेको छ । महासचिवमा केशव बहादुर रायामाझी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडियालाई चयन गरेको छ ।
सदस्यहरुमा पृथ्बीबहादुर पाँडे, तुलसी प्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गोल्यानले राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए । यसो हुन सकेको खण्डमा मात्र अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने उनको धारणा थियो ।
कार्यसमितिको आगामी दुई वर्षमा गरिने विषयहरुबारे जानकारी गराउँदै गोल्यानले सिबिफनलाई राष्ट्र कै अभिन्न अंगको रुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट्र निर्माणका लागि नयाँ सोच सहित अगाडि बढ्ने, देशमा हजारांै साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लाग्नुपर्नेमा जोड दिए ।
साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैक तथा वित्तीय संस्था परिसंघले उठाएका विषयहरुमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

महासचिव केशवबहादुर रायमाझीले सञ्चालन गरेका उक्त साधारण सभाको समापन सत्रमा संस्थाका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह लगायत अन्य पदाधिकारी तथा सदस्यहरुले समेत सिविफिनलाई नयाँ उचाइमा पुर्याउनका लागि कार्यसमितिले अबलम्वन गर्ने कार्यदिशा र रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

साथै उक्त उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोर र नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समग्र व्यवसायहरुको उत्थानका लागि सिविफिनविको भूमिका विशेष रहेको उल्लेख गर्दै राष्ट्रको समग्र आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न बैंक तथा वित्तीय संस्था परिसंघसँग सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij