२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रभु अस्पतालमा कुमारी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

प्रभु अस्पतालमा कुमारी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

975
Shares

काठमाडौं –विरगञ्जस्थित प्रभु अस्पतालमा कुमारी बैंकका ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन्। कुमारी बैंक र प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको हो।

सम्झौता पत्रमा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यलले हस्ताक्षर गरे। सम्झौता पत्रअनुसार प्रभु अस्पतालको विभिन्न सेवा शूल्कमा २० प्रतिशत र औषधीमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन्।

हालसम्म कुमारी बैंकले १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij