काठमाडौं काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा न. ६ च्यासुन्डोला चार दिने नगर स्तरीय दैवीप्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ। वडा नम्बर ६ मा सक्रिय च्यासुन्डोल युवा क्लवको आयोजना,बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को संयोजन र नेपाली सेना श्री नं. १ विपद् व्यवस्थापन गण सुन्दरीजलको सहकार्यमा संचालन भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए।

समापन कार्यक्रम च्यासुन्डोल युवा क्लवका अध्यक्ष विकास खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का अध्यक्ष नबिन केसी ,वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन, श्री नं. १ विपद् व्यवस्थापन गण सुन्दरीजलका सेनानी वरुण दर्शनधारी, सहसेनानी सूर्यप्रकाश राई लगायत जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

विपद व्यवस्थापन प्रतिकार्य तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि इश्वर पोखरेलले आफु उपप्रधानमन्त्री मात्र नभएर काठमाडौं क्षेत्र नं ५ को जनप्रतिनिधि पनि भएकोले यहाँ हुने हरेक गतिविधिमा सामेल हुने प्रतिबद्धता जनाए । साथै जनप्रतिनिधिहरुलाई खबरदारी गर्न पनिी आग्रह गरे । यस क्षेत्रको विकास र निर्माणको कामको चासो राख्न आग्रह गरे । उनले नेपाली सेनाको प्रशंसा गरेका थिए । क्लवले उदाहरणिय कार्य गरेको भन्दै आगामी दिनमा क्लव गर्न काममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न प्रतिबद्धता जनाए । काठमाडौं क्षेत्र नं ५ का संघ संस्था र प्रतिनिधिहरुलाई ठोस कार्यक्रम र योजना ल्याउन आग्रह गर्दै उनले सबैको एकीकृत पहलमा मात्र विकास हुने बताए ।

वडा अध्यक्ष नविन केसीले तालिमसगैं अब आवश्यक सामग्रीको लागि वडाले व्यवस्थापन गर्ने बताए । वडाको विकासको लागि कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे । उनले वडा र क्लवको अनुरोधलाई स्वीकार गरी तालिम प्रदान गरेकोमा नेपाली सेना तथा तालिममा सहभागी प्रशिक्षकलाई आभार व्यक्त गरे ।
उक्त कार्यक्रममा क्लवका विपद व्यवस्थापन प्रतिकार्य तालिमका संयोजक श्रीकृष्ण थापाले यस प्रकारको तालिमले समुदायमा विपदको समयमा हुने ठुलो जनधनको क्षतीलाई कम गर्न मद्दत पुग्ने बताए । उक्त समापन कार्यक्रममा अवकास पछि पनि सामाजिक कार्यमा सक्रिय रहेको भन्दै नेपाली सेना श्री नं. १ विपद् व्यवस्थापन गण सुन्दरीजलले थापालाई सम्मान गरेको थियो ।

तालिम समापन कार्यक्रकको सञ्चालन मन राईले गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका प्रशिक्षकलाई सम्मानपत्रबाट प्रमुख अतिथि पोखरेलले सम्मान गरेका थिए ।
कार्यक्रमको समापन गर्दै क्लवका अध्यक्ष विकास खत्रीले क्लवको यस तालिममा सहयोग गर्ने सबैमा आभार प्रकट गरे । क्लवले आगामी दिनमा यस्ता उपयोगी तालिमका साथै सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता जनाए ।
तालिममा ३५ जनाको सहभागीता रहेको थियो । समापन कार्यक्रममा कार्य व्यस्तताको कारण उपस्थित हुन नसकेपनि कामु गणपति सेनानी बरुण दर्शनधारी मार्फत गणका गणपति प्रमुख सेनानी सञ्जीव सिलवालले आफु उपस्थित हुन नसकेपनि आगामी दिनमा पनि स्थानिय संघसंस्थाहरु संग मिलेर यस्ता तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक तथा शिक्षार्थी टोलीलाई धन्यवाद सन्देश पठाएका थिए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij