२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चैत्र ३ गतेदेखि ग्रामीण स्वयंसेवक र वोमी लघुवित्तको एकीकृत कारोबार

चैत्र ३ गतेदेखि ग्रामीण स्वयंसेवक र वोमी लघुवित्तको एकीकृत कारोबार

1.8K
Shares

काठमाडौं– वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएपछि चैत्र ३ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।  नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको वोमी र सूचीकृत नरहेको ग्रामीण स्वयंसेवक लघुवित्तबीच गत भदौमा मर्जरमा जाने समझादरी भएको थियो । मर्जर सम्पन्न भएसँगै अब ‘वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ ।
दुवै कम्पनीको गत पौष २८ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेको छ ।
गत आवबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरणपछि वोमी लघुवित्तको चुक्ता पूँजी ३६ करोड १२ लाख २ हजार ४०० रुपैयाँ पुगेको छ भने ग्रामीण स्वयंसेवकको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ ।
वोमीको केन्द्रीय कार्यालय भरतपुर, आस्था चोकमा र ग्रामीण स्वयंसेवकको केन्द्रीय कार्यालय सर्लाहीमा छ । मर्जरपश्चात बनेको वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नं. ३, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४, साँगामा रहने लघुवित्तले जनाएको छ।
यसअघि वोमीले नागरिक लघुवित्तलाई गाभेको थियो ।
मर्जर सम्झौता भएसँगै वोमी लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij