२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घट्यो

1.1K
Shares

काठमाडौं– मंगलबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्क अुनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन पनि प्रतितोला ८६ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ८८ हजार ७०० र तेजाबी सुन ८८ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij