काठमाडौं – ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ । आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ । आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij