२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

1.2K
Shares

काठमाडौं– मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत फागुन १७ देखि फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि यँहि अफर समय भित्र दिनु पर्ने बैंकले जनाएको छ । यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सकिने बैंकको भनाई छ । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।


विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबााट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij