२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको गर्यो लाभांश प्रस्ताव

सांग्रिला डेभलपमेन्ट बैंकको गर्यो लाभांश प्रस्ताव

1000
Shares

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। फागुन १६ गते आइतबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना बजार खुल्नु अघि नै नेप्सेलाइ नपठाउदा शेयर कारोबार रोक्का भएको छ।
बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना १२ः३४ बजे मात्रै दिएको नेप्सेले जनाएको छ। त्यसैले, नेप्सेले सूचना दिन ढिलाई हुनुको कारण सोध्दै बैंकको शेयर कारोबार रोक्का गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij