२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट

सेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट

1.6K
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । प्रि-ओपनिङमा ३ अंकले बढेको नेप्से तिब्र गिरावटकाबीच ३.१२ प्रतिशत अर्थात ७९.७४ अंकले घटेर बन्द हुन पुग्यो । यो सँगै नेप्से परिसूचक २४ सय ७४.३९ अंकमा झरेको छ । आइतबार होटल तथा पर्यटनबाहेकका सबै उपसमूह राताम्मे रहृयो ।

दोस्रो बजारमा २०७ कम्पनीका एक करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ९६ हजार १५१ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम भने ८ अर्ब ३५ करोड ५२ लाख भन्दा बढी रहृयो । आइतबारको बजारमा चन्द्रागिरी हिल्स, सिटिजन्स म्युचल फण्ड, शिखर इन्स्योरेन्स र एनआइसी एसिया डिबेन्चरका लागानीकर्ताले घट्दो बजारमा पनि कमाई गरे भने २५ कम्पनीको सेयर मूल्य ५ प्रतिशत तथा त्यो भन्दा धेरैले घट्न पुग्यो ।

आइतबार जीवन बीमा उपसमूह सबैभन्दा धेरै ६२४.८,उत्पादन उपसमूह १९८.२, बैंकिङ उपसमुह ३५४.५७, र निर्जीवन बीमा उपसमूह १७८.१ अंकले घट्यो । लघुवित्त १४१.२९, व्यापार ११.२२, विकास बैंक ७५.५१, अन्य उपसमूह ८१.३५, जलविद्युत समुह ६७.१५ र फाइनान्स उपसमूह २९.७४ अंकले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij