२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

च्यासुण्डोलमा चारदिने नगर स्तरीय विपद व्यवस्थापन प्रतिकार्य तालिम सुरु

च्यासुण्डोलमा चारदिने नगर स्तरीय विपद व्यवस्थापन प्रतिकार्य तालिम सुरु

2.8K
Shares

काठमाडौं– बुढानिलकण्ठ नगरपालिका वडा नं ०६ मा सक्रिय रहेको च्यासुण्डोल युवा क्लबको आयोजनामा नगर स्तरीय सामुदायिक विपद व्यवस्थापन प्रतिकार्य तालिम सुरु भएको छ। च्यासुण्डोल युवा क्लबको आयोजना बुनपा ६ को संयोजनमा हुन लागेको तालिममा नेपाली सेना विपद व्यवस्थापन श्री न. १ गण , सुन्दरीजलले प्रशिक्षण दिने भएको छ ।


चार दिन सम्म सञ्चालन हुने तालिमको आईतबार उद्घाटन भएको छ। उद्घाटन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकका नगर प्रमुख उद्दव  खरेल, वडा नं ०६ अध्यक्ष नविन केसी , नेपाली सेना सेनानि वरुण दर्शनधरी, सह–सेनानि सुर्य प्रकाश राई, च्यासुण्डोल युवा क्लब अध्यक्ष विकास खत्रि, समाजसेवि श्याम केसी गैरसरकारी संस्था काठमाडौं जिल्ला अध्यक्ष प्रदीप डंगोल लगायत तालिम प्रशिक्षार्थीसहित स्थानियको उपस्थिति रहेको थियो । तालिम लिने प्रशिक्षार्थीको संख्या ३६ जना रहेको छ भने तालिम प्रशिक्षकको संख्या १४ जना रहेका छन् । तालिममा स्थानियसगैं नगर प्रहरीको पनि सहभागीता रहेको छ ।


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठका नगर प्रमुख उद्धव बुढानिलकण्ठ खरेलले नगरपालिकामा विपद सम्बन्धि तालिमहरु तिव्र रुपमा सञ्चालन भईरहेको बताए । नगरपालिकाले प्रकोप तथा विपदबाट हुन सक्ने क्षतिहरुलाई न्युनिकरण र नियन्त्रणको लागि सामुदायिक स्तर बाट जनशक्ति उत्पादन गर्ने प्रकृया निरन्तरताको लागि यस किसिमको तालिमहरुले थप सहयोग पुग्ने बताए । अन्य सरकारी तथा गैरसरकारी निकायहरुसंगको सहकार्यमा नगरपालिका भित्र आवश्यक पर्ने विपद् सम्बन्धी तालिमहरु सञ्चालन भइरहेको पनि जानकारी दिए ।

समाजसेवी श्याम केसीले यस्ता तालिमले नगरमा हुने विपदको समयमा उद्धार तथा व्यवस्थापन गर्न सहज हुने बताए ।


उद्घाटन कार्यक्रममा बोल्दै वडा न. ६ का अध्यक्ष नविन केसीले विपद व्यवस्थापन प्रतिकार्य तालिम सञ्चालनले स्थानिय स्तरमा हुने विपद्को समयमा व्यवस्थापन गर्न सहजहोस भनेर तालिक सञ्चालन गरीएको बताए । उनले तालिममा सहभागिहरुलाई तालिम अवधि भर अनुशासनमा रहेर तालिम लिन अनुरोध गरे । साथै प्रशिक्षण टोलि नेपाली सेनालाई विशेष धन्यवाद दिए । यस तालिम सञ्चालनको लागि सहयोग गर्नेहरु वडा अध्यक्ष केसीले आभार प्रकट गरे ।


उद्घाटन कार्यक्रममा बोल्दै नेपाली सेना विपद् व्यवस्थापन न.१ गण सुन्दरीजलका सेना सेनानि वरुण दर्शनधरीले नेपाली सेनाका प्रशिक्षकहरुद्वारा सहभागिहरुलाई आगलागी नियन्त्रण, पहिरोमा पुरिएका तथा पानिमा डुबेका व्यक्तिहरुलाई उद्दार, प्राथमिक उपचार विधी, आधारभुत जिवन सुरक्षा ज्ञान लगायत रोग जन्य महामारीको स्थितिमा गर्न सकिने प्रतिकार्यका सिपहरुको विषयमा अभ्यास मुलक प्रशिक्षण दिने बताए ।
क्लवका अध्यक्ष विकास खत्रीले क्लवले यस्ता अन्य विभिन्न कार्यक्रमहरु आगामी दिनहरुमा सञ्चालन गर्दै जाने बताए । सहभागीले जानेको सिप बाड्न पनि आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij