२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शेयर बजारमा लगानी समूह थप, होटल समुहमा परिमार्जन

शेयर बजारमा लगानी समूह थप, होटल समुहमा परिमार्जन

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको समुहगत परिसूचक थप गरेको छ । यसभन्दा अघि ११ समुहगत परिसूचक रहेकोमा आइतबार देखि थपिएको लगानी समूह समेत गरी १२ पुग्ने भएका हुन ।

नेप्सेले लगानी समूह सृजना गरी समूहगत सूचक १२ पु¥याएको जनाएको छ। लगानी समूहमा अन्य समूहमा सूचीकृत पुर्वाधार विकास बैंक, नागरिक लगानी कोष, जलविद्युत लगानी कम्पनी र एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलमेन्ट कम्पनीलाई राखेको छ ।

त्यसैगरी नेप्सेले होटल समुहलाई पनि परिमार्जित गर्दै होटल तथा पर्यटन समुह बनाएको छ । नेप्सेले परिमार्जन गरेको होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स कम्पनीलाई पनि समेटी बनाएको हो ।

आइतबार देखि नेप्सेले १२ समुहगत परिसूचक सहित म्यूच्यूअल फण्ड, सेन्सेटिभ, सेन्सेटीभ फ्लोट र नेप्से गरी १६ सूचक गणना गर्ने जनाएको छ । नेप्सेका अनुसार आइतबार देखि बैंकिङ, विकास बैंक, वित्त, माइक्रो फाइनान्स, जलविद्युत, अन्य, ब्यपार, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र उत्पादन मूलक समूहको समूहगत परिसूचक गणना हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij