काठमाडौं -सीडीएस एण्ड क्लियरिंग हाउसले साधारण शेयरको नजिता हेर्ने नयाँ वेसाइट निर्माण गरेको छ । अब देखि क्लियरिंग हाउसले नै सञ्चालन गरेको आईपीओ रिजल्ट.सिडीएससी डट कम.एपी (http://www.iporesult.cdsc.com.np)अनलाइन पोर्टलमा आईपीओको नतिजा हेर्न सकिने भएको हो ।
क्लियरिंग हाउस संञ्चलान कार्यविधिको कार्यान्वयनका लागि क्लियरिंग हाउसले लगानीकर्ताको तथ्यांकको सुरक्षाको लागि यो नयाँ वेबसाइट बनाएको क्लियरिंग हाउसले जनाएको छ ।
शुक्रबार सार्वजनिक भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्नलाई दिनभरी नै लगानीकर्ताले हैरान खेपेका थिए । उक्त कम्पनीको आइपीओ नतिजा पनि यहि साइटमा उपलब्ध गराएको सीडिएससीले जनाएको छ ।
महिला लघुवित्तको आइपीओ हेर्न लगानीकर्ताहरुको चापका कारण मेरो शेयरमा समस्या आएका कारणले इडिआइएस समेत प्रभावित भएको थियो । उक्त प्रभावित भएको दिन फागुन १३ गतेको कारोबारको राफसाफ फागुन १६ गतेसम्म गर्न सकिने व्यवस्था मिलाएको सीडिएससीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij