२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता नवीकरण

1.2K
Shares

सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारको सम्झौता नवीकरण गरिएको छ। सम्झौताअन्तर्गत बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति बीस हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ।

बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मागर्दै आएको छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता पुनः नवीकरण गरेको हो।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहाल र अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरे। बैंकको सातै प्रदेशमा हाल ८६ शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा एटिएम संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij