२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट

865
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन (बिहिबार) नेप्से परिसूचकमा भारी गिरावट आएको छ । बजार ४४.९४ अंकले घट्दा कारोबार पनि अन्य दिनको तुलनामा न्यून भएको छ । ६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ । बजार २५५४.१३ विन्दुमा अडिएको छ । कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । जीवन वीमातर्फ सबैभन्दा बढी गिरावट छ ।

घटेको बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बैंकको आज ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको हो । आज यसको सेयर मूल्य भने ५ सय ४३ रुपैयाँ रहेको छ । दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रहेको छ । आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९.९१ प्रतिशतले सेयर मूल्यमा बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij